सुर्खेत – यूवा संघ नेपाल कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरमा रहेको देउतीबज्यै मन्दिर क्षेत्र सरसफाई गरिएको छ ।
४४ औं पुष्पलाल स्मृति दिवसको अवसरमा यूवा संघ नेपाल कर्णाली प्रदेशद्धारा देउतीबज्यै मन्दिर क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको हो । शनिबार बिहान यूवाहरुले देउतीबज्यै मन्दिर क्षेत्रमा गरेको उक्त सरसफाई कार्यक्रम देखेर हजारौं आगन्तुक भत्तजन तथा स्थानीयवासीले प्रशंसा सहित यूवा संघलाई धन्यबाद दिएका छन् ।
नेकपा एकिकृत समाजबादी निकट यूवा संघ नेपाल कर्णाली प्रदेशका पदाधिकारी तथा संघमा आवद्ध यूवाहरुले मन्दिर क्षेत्र सरसफाई गरेका हुन् । सरसफाई कार्यक्रममा सहभागि यूवाहरुले मन्दिर परिसर क्षेत्रमा रहेको सबै प्रकारको फोहोर संकलन गरी एउटै स्थानमा विर्सजन गरेका थिए ।
सरसफाई कार्यक्रम यूवा संघ नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष धुव्र थापाको नेतृत्वमा सम्पन्न भएको हो । आगामी दिनमा पनि सार्वजनिक स्थलमा सरसफाई कार्यक्रम जारी राख्ने भन्दै सफा, स्वच्छ र सुन्दर शहर तथा नगर निर्माणमा हातेमालो गर्न उपाध्यक्ष थापाले सबैलाई आग्रह गरेका छन् । सार्वजनिक स्थल तथा आआफ्नो घरपरिवरीको वातावरणिय सरसफाईमा जोड दिन उनको अनुरोध छ ।
साथै सरसफाई कार्यक्रम सम्पन्नपछि मन्दिरका पुजारीलाई यूवा संघ नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष धुव्र थापा लगाएतले संयुक्त रुपमा फोहोर मलाई (डस्बिन), कुच्चोहरु, फोहोर उठाउने बिल्छा लगाएतका सामाग्री हस्तान्त्रण गरेका थिए ।
उक्त सरसफाई कार्यक्रममा नेकपा एसका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकाया, यूवा संघ नेपालका केन्द्रिय सचिव केशन शाह, यूवा संघ नेपाल कर्णाली प्रदेश उपाध्यक्ष गणेश शाही र सन्तोष खड्का लगाएतको सहभागिता रहेको थियो ।