सुर्खेत – कर्णाली प्रदेशसभाले चालू आर्थिक वर्षमा एउटा हाइस गाडी खरिद गर्ने भएको छ ।वीरेन्द्रनगरभन्दा टाढा बस्ने सांसदहरुलाई संसद बैठकका बेला ओसार्न उक्त गाडी किन्न लागिएको हो । वीरेन्द्रनगरभन्दा टाढा बस्ने आफ्नो निजी सवारीसाधन नभएका सांसदहरुले अटोरिक्सा प्रयोग गर्नुपर्ने र त्यसले सुरक्षा जोखिम बढाउन सक्ने भन्दै प्रदेशसभाले हाइस खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।
प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सदन चलेको समयमा सांसदहरुलाई वीरेन्द्रनगर रिङ्गरोडबाट सदनमा ल्याउने र पुनः घर पुर्याइने प्रयोजनका लागि गाडी खरिद गर्न ८५ लाख बराबरको बजेट विनियोजन गरिएको जानकारी दिए । उनले भने, ‘यसका अलावा सांसदहरुको अवलोकन भ्रमणका लागि पनि उक्त गाडी प्रयोग गरिनेछ ।’ – नेपाल प्रेस