काठमाडौं – काठमाडौंको जोरपाटी चोकनजिक लेदो माटोसहितको पानीको फोहोरा निस्किएको छ ।
मंगलबार बिहानदेखि जमिनमुनिबाट लेदोसहित पानीको फोहोरो निस्किएको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
“फोहोर घरभन्दा अग्लो छ । पानीमा माटो धेरै मिसिएर आएको छ । फोहोरा निस्किएको खबर पाएपछि हामी त्यहाँ गएका थियौँ । खानी विभागका पदाधिकारीहरूलाई बालाएका छौँ । उहाँहरू आइपुगेर अध्ययन गर्दै हुनुहुन्छ,” उनले भने, “घरहरूमा लेदो छ्यापिएको छ । कुनै पनि क्षति भएको छैन ।”