कर्णालीमा ९ जना कोरोना संक्रमित थपिदा ४२ जना डिस्चार्ज

सुर्खेत – कर्णाली प्रदेशमा शनिवार थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ जनामा कोरोना पुष्टी भएको हो । यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार ५९८ पुगेको छ ।

आज पुष्टी हुनेमा जाजरकोट भेरी नगरपापालिका दुई, छेडागाड नगरपालिकाका एक, सल्यान छत्रेश्वरी गाउँपालिका र सुर्खेत वीरेन्द्रनगरका एक/एक जना छन् । यस्तै बाँके नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुरका एक/एक र दैलेख नारायण नगरपालिकाका एक/एक जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

संक्रमित नौ जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाले आइसोलेशनमा लैजाने तयारी भएको जनाए । पछिल्लो २४ घण्टामा कोभिड–१९ निको भई घर जानेको संख्या ४२ रहेको छ । योसँगै डिस्चार्ज हुनेको संख्या दुई हजार २८१ जना छन् । कर्णालीमा संक्रिय विरामीको ३११ जना छन् ।