वैवाहिक जीवनमा बाँधिए नीता र हरिहर

काठमाडौं – अभिनेत्री नीता ढुङ्गानाले विवाह गरेकी छन् । उनले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग लगनगाँठो कसेकी हुन् । नीता र हरिहरको विवाह समारोह दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा भइरहेको छ ।

विवाहमा दुवै तर्फका नजिकका आफन्त र सिमित साथीभाइको सहभागिता छ । विवाह अगाडि नीताले नजिकका साथीहरूलाई ब्याचलर पार्टी दिएकी थिइन् । बुधबार उनको मेहन्दी तथा संगीत समारोह समेत आयोजना गरिएको थियो । विवाहको रिप्सेसन पाटी भने आइतबार आयोजना गरिएको छ ।