वर्षा, बाढी–पहिरोको जोखिमबाट सतर्क रहन आग्रह


काठमाडौं – देशका विभिन्न क्षेत्रमा गएराति देखि नै वर्षा भइरहेको छ । केही क्षेत्रमा भारी वर्षासमेत भएको छ । आज बिहान मधेस प्रदेश, वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा सामान्यतया मौसम सफा रहनेछ छ ।

आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रदेश–१ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आगामी २४ घण्टामा देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू(भागमा भू(क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।