काठमाडौं-‘बुढो रुख ढल्यो, ढल्यो । म मितिसमेत भनिदिन्छु । २०७४ पुससम्म मात्र शेरबहादुर देउवा प्रधानमन्त्री हुन् । कांग्रेसका अन्तिम प्रधानमन्त्री पनि देउवा नै हुन् ।’ २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रचारका क्रममा कार्तिक ३० गते गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको अंश हो त्यो । त्यतिबेला ओलीले बुढो गाईलाई घाँस हालेर दुध नदिने भन्दै वाम गठबन्धनको उम्मेदवारको उम्मेदवारलाई भोट हाल्न मात्र आग्रह गरेनन् , यो पनि भन्न भ्याए, ‘पिर नमान्नू कांग्रेसले खोजेको प्रजातन्त्र हामी ल्याउँछौं ।’
ज्योतिष र भाग्यवादमा पनि विश्वास गर्ने कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले चुनावी सभामा सहभागी हुने क्रममा धनगढी पुगेर ओलीलाई जवाफ फकाउँदै भने, ‘ज्योतिषले मलाई सातपटक प्रधानमन्त्री हुने योग छ भनेका छन्, म अझै तीनपटक प्रधनानमन्त्री हुन्छु । कम्युनिष्टहरुले भनेर हुन्छ ?
जनमतमा नभएर भाग्य र ज्योतिषमा भर परेको भन्दै देउवाको पार्टीभित्र र बाहिरबाट तीव्र आलोचना भयो । २०७४ मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेश र प्रतिनिधि निर्वाचन परिणाम करिबकरिब ओलीले भनेजस्तै आयो ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।