आज देशभरको मौसमको अवस्था कस्तो छ ?

काठमाडौं- हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्यप्रदेशका भूभागका स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

आज (शनिबार) बिहान प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ। बाँकी प्रदेशका पहाडी भू-भगमा भने आंशिकदेखि सामान्य बदली हुनेछ। प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो भने प्रदेश(१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ।बाँकी भू-भागमा भने आंशिक बदली हुने भएको छ।साथै प्रदेश-, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ। बाँकी भू-भागमा भने आंशिक बदली हुनेछ। त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

साथै प्रदेश-१ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।