सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

सुर्खेत – सरकारले आगामी बजेटबाट सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाएको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढेको बताए । यसअघि खाइपाई आएको तलबमा थप १५ प्रतिशत बढाइएको हो ।

अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ। वृद्धि भएको तलब साउन १ गतेदेखि लागू हुनेछ ।