काठमाडौं – सरकारले किसानलाई कृषि कर्जा वितरण गर्न ५ खर्ब विनियोजन गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले सरल रुपमा कृषि कर्जा पाउनको लागि ५ खर्ब वितरण गरिएको बताएका हुन्।
कृषि कर्जा वितरण गर्न एक लघुवित्त स्थापना गरेर बैंक तथा वित्तिय संस्था अनिवार्य रुपमा कृषि उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताए।