अहिलेसम्म एमाले,कांग्रेस र माओवादी कति पालिकामा विजयी भए त ?

काठमाडौं – स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ८० वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

घोषित परिणाममा ३० स्थानीय तह जितेर नेकपा एमाले पहिलो नम्बरमा रहेको छ । कांग्रेसले २७ वटा स्थानीय तहमा जित हात पार्दा नेकपा माओवादी केन्द्रले २१ पालिकामा जित हात पारेको छ । मतगणना सुरु भएपछि एउटा पनि स्थानीय तह नजिते पनि एकीकृत समाजवादीसँग पहिले नै निर्विरोध निर्वाचित भएका दुई वटा स्थानीय तह रहेको छ ।

देशभर अहिले मतगणना जारी रहेको ठाउँहरुमा नेपाली कांग्रेसले सबै भन्दा बढी २ सय ६५ ठाउँमा अग्रता लिएको छ । यसैगरि नेकपा एमालेले १ सय ६५ ठाउँमा अग्रता बनाउँदा ९५ वटा पालिकामा माओवादीका उम्मेदवारहरू अगाडि छन् । जनता समाजवादी पार्टी नेपाल २९ ठाउँमा अगाडि रहेको छ भने नेकपा एकिकृत समाजवादी १७ ठाउँमा अगाडि रहेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी भने ११ ठाउँमा अग्र स्थानमा रहेको छ ।