सुर्खेत – दैलेखकाे ठाटीकाँध गाउँपालिकामा नेपाली काँग्रेस र एमालेको कडा प्रतिस्पर्धा देखिएको छ । वडा नम्बर ४ बाट गणना गरिएका ८०४ मत गणना गर्दा काँग्रेसका रक्षबहादुर शाह र एमालेकी लक्ष्मी शाहले बराबर २४३ मत ल्याएका छन् ।
यस्तै माओवादी केन्द्रका निर्मल रावतले १६१ मत ल्याएका छन् भने नेमकिपा चौथो स्थानमा छ । एमालेबाट प्रमुखकी उम्मेदवार शाह एमाले प्रदेश अध्यक्ष विनोद शाहकी श्रीमती हुन् । यस्तै उपाध्यक्षमा नेकपा एमालेले ३७२, काँग्रेसले २१९ र माओवादीले ६९ , नेमकिपाले एक समय मत प्राप्त गरेको छ ।