सुर्खेत – स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा बराहताल गाउँपालिका वडा नं. १ मा नेकपा माओवादीको प्यानलै विजयी भएको छ ।
जम्मा सात सय ४० मत खसेकोमा माओवादीका वमबहादुर बुडुवालले दुई सय ७५ मत ल्याएर विजयी भएका हुन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवारले दुई सय २८, नेकपा एमालेले एक सय ७५ मत प्राप्त गरे ।
अहिलेसम्मको मत परिणा हेर्दा पालिका अध्यक्षमा पनि माओवादी नै अगाडी देखिएको छ । माओवादीबाट अध्यक्षको उम्मेदवार बेनका इश्वरभक्त सुनारले दुई सय ७७ मत पाउँदा उपाध्यक्ष भुमिसरा टोमटाले दुई सय ८३ मत प्राप्त गरेकी छन् ।
यस्तै कांग्रेसका भिम भण्डारीले दुई सय २८ र उपाध्यक्षमाम लक्ष्मी पुनले दुई सय २२ मत प्राप्त गरी माओवादीलाई पछ्याई रहेका छन । एमालेका अध्यक्ष उम्मेदवार घनश्याम पाण्डेले एकसय ७५ मत पाउँदा उपाध्यक्ष दुर्गा कुमारी विष्टले एकसय ९२ मत प्राप्त गरेकी छिन् ।