चेल्सीलाई लिभरपुलविरुद्ध बदला लिने मौका

काठमाडौं – गत फ्रेब्रअरीमा भएको कारवाओ कपको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुलले उपाधि उचाल्यो । ​वेम्बली स्टेडियममा भएको खेलमा निर्धारित समय गोल रहित बरबारी हुँदा पेनाल्टी सुट आउटबाट लिभरपुले बाजि मार्यो । सोही मैदानमा आज (शनिबार) राति चेल्सी र लिभरपुलले एफए कपको फाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।

एफए कपको फाइनलमा लिभरपुलले चेल्सीसँग भिड्न लागेको हो । यो सिजन दोस्रो उपाधि जित्ने योजनामा रहेको लिभरपुललाई चेल्सी चुनौती दिने योजनामा छ । च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको लिभरपुल एफए कप सहित प्रिमियर लिगको पनि उपाधि होडमा छ ।

आठ पटकको एफए कप विजेता चेल्सीले थोमस टुचेलको प्रशिक्षकत्वमा रहेको चेल्सी सन् २०२० मा आर्सनलसँग पराजित हुँदै चेल्सीले उपाधि गुमाएको थियो । त्यस्तै सन् २०२१ मा लेस्टर सिटीसँग पराजित भएको चेल्सी लगाततर तेस्रो सिजन फाइनल प्रवेश गरेको हो ।

थोमस टुचेललको प्रशिक्षकत्वमा चेल्सीले पुनः एफए कपको फाइनल खेल्दैछ । टुचेलले पछिल्लो सयम लिभरपुलको लय हेर्दा प्रतिस्पर्धा कठिन हुने बताएका छन् । ‘लिभरपुलको पछिल्लो फम हेर्दा यो प्रतिस्पर्धा निकै कठिन हुनेछ । एफए कपको फाइनल सँधै प्रतिस्पर्धात्मक नै हुन्छ । टुचेलले लिभरपुललाई लण्डनमा समर्थकहरुको धेरै साहानुभुति भएकोले आफूलाई साहानुभूती भन्दा पनि उपाधि ठूलो रहेको बताए ।

‘लण्डनमा भिलरपुलप्रति सबैको ठूलो सहानुभूति छ । जुन लिभरपुलको मेहेनतले पाएको हो । त्यसका लिभरपुलका प्रशिक्षक योर्गेन क्लपले पनि ठूलो भूमिका खेलेका छन् । हामीलाई साहानुभूतीभन्दा पनि उपाधि ठूलो हो,’ टुचेलले भने ।