खानेपानी समस्या समाधानदेखि युवा स्वरोजगारका कार्यक्रम गछौं : वडाध्यक्ष उम्मेदवार गुरुङ

सुर्खेत – वीरेन्द्रनगर-५ का वडाध्यक्ष उम्मेदवार राजकुमार गुरुङले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्दै वडामा खानेपानी समस्या समाधानदेखि युवा स्वरोजगारका कार्यक्रम गर्ने बताएका छन् ।

नेपाली कांग्रेस वीरेन्द्रनगर नगरपालिका-५ ले सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा उल्लेख आफ्ना एजेण्डा लिएर वडाध्यक्ष उम्मेदवार गुरुङ मतदातासँग घरदैलो अभियानमा सरिक भएका हुन् । उनले आफुलाई चुनाव जिताउन आग्रह गर्दै आफुले चुनाव जितेमा वडाको विकासका लागि उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् ।

आफुले चुनाव जितेमा वडाको खानेपानीको स्रोत तथा मुहान पहिचान गरी दिर्घकालिन खानेपानी समस्या समाधान गर्ने गुरुङको घोषणा पत्रमा उल्लेख छ । यस्तै सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्यालाई उच्च प्राथमिकता दिई समाधानको पहल गर्ने, नेपाल राष्टिय माध्यामिक विद्यालय चिसापानीलाई कक्षा १२ सम्म पठनपाठन हुने व्यवस्था मिलाउने, स्वास्थ्यचौकिमा ल्याव स्थापना गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने पनि घोषणा पत्रमा उल्लेख छ ।

चुनावी घोषणा पत्रमा बाल उद्यान, बालबाटिका, पुस्तकालय, व्यामयशाला स्थापना गर्ने, कालिका मन्दिर देखि बैधडाँडासम्म पदमार्गलाई पूर्णता दिने, यूवालाई लक्षित गरी विभिन्न किसिमका सिप, तालिम प्रदान गरी स्वारोजगार बनाउन कार्यक्रम लागु गर्ने र कृषि उत्पादनालाई उच्च प्राथमिकता दिदै निशुल्क वीउ, विजन र आवश्यक औजार उपकरणहरु उपलब्ध गराउने जस्ता कार्यक्रम उल्लेख गरिएका छन् ।

अघिल्लो कार्यकाल समेत वडाध्यक्षको भुमिकामा रहेका गुरुङ यस पटक पनि फेरी चुनाव लड्न लागेका हुन् । अघिल्लो कार्यकालमा वडाको स्रोत साधानले भ्याएसम्म विकासका लागि राम्रो काम गरेर देखाएका राजकुमार गुरुङ फेरी पनि थप अधुरा योजनालाई पूर्णता दिने उद्देश्यका साथ वडावासीको सेवाका लागि चुनावी मैदानमा होमिएका छन् ।

यस्तो छ चुनावी घोषणा पत्र

यी हुन् गुरुङले अघिल्लो कार्यकालमा गरेका केही काम :

वीरेन्द्रनगर नगरपालिका ५ को वडाध्यक्षमा राजकुमार गुरुङको पुन : उम्मेदवारी परेको हो ।निवर्तमान वडाध्यक्ष गुरुङ नेपाली कांग्रेसबाट सोही पदमा पुनः उम्मेदवार बनेका हुन् । उनले पदबाट राजीनामा दिएर यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरी वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

२०७४ सालको निर्बाचनमा विजयी भएपछि उनको नेतृत्वमा हाल वडा कार्यलय बनेको छ । यस्तै स्वास्थ भवन निर्माण भएको छ । भने निमाबी स्कुल माध्यामिक तहको बनाइएको गुरुङले बताए ।

उनका अनुसार उनी निर्वाचित भएपछि वडामा सडक, पूल बनेका छन् । प्राविधिक शिक्षालयको स्थापना भएको छ । हालै वडालाई पुर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको छ ।

आगामी स्थानीय निर्वाचनमा पनि आफुले चुनाव जित्ने राजकुमार गुरुङको दावी छ । यदी आफु विजयी भएमा आगामी बर्ष शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत लगाएत क्षेत्रका समस्या समाधानका लागि थप पहल गर्ने बताए । युवा स्वरोजगार, कुपोषण अन्त्य, लागू औषध दुव्र्यशनी न्यूनिकरण लगाएतका कार्यक्रम संचालन गर्ने गुरुङले बताए ।

अघिल्लो कार्यकालमा आफ्ना अधुरा काम तथा योजना पुरा गर्न फेरी आफुलाई चुनाव जिताउन उनको आग्रह छ ।