सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख उम्मेदवार शान्ति ढकाल चढ्ने गाडीमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको छ ।
काँग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रहेकी ढकाल चढ्ने बा १४ च ६८३१ नम्बरको स्कोर्पियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका–६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटलअगाडि पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो । त्यस्तै, जुम्ला रोडस्थित सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा पनि शुक्रबार राति आगजनी भएको छ ।
मिनी बस एमालेको चुनाव प्रसारप्रचारमा प्रयोग हुँदै आएको थियो । आगजनीबाट स्कर्पियोको टायर र बाहिरी भागमा क्षति भएको छ भने मिनी बसको सिसा र भित्र सिटहरुमा क्षति भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक पदमबहादुर विष्टले बताए । शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक बिष्टले बताए ।