लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक संक्रमित गर्भवतीको सफल शल्यक्रिया

 बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप एकजना कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा. विष्णु गौतमको नेतृत्वमा बिहिबार भएको शल्यक्रियाबाट अर्घाखाँची मालारानी गाउँपालिकाकी २२ वर्षीया महिलाले बच्चा जन्माएकी हुन् ।

यसअघि पनि रुपन्देही सिद्धार्थनगरकी २२ वर्षीया संक्रमित महिलाले शल्यक्रियाबाट बच्चा जन्माएकी थिइन् । अस्पतालका सूचना अधिकारीसमेत रहेका डा.गौतमले बच्चा जन्मिएको र आमाबच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

उनकाअनुसार आमा र बच्चाको पिसिआर नेगेटिभ आएपछि डिस्चार्ज गरिने छ । अप्रेशनबाट जन्मिएको बच्चाको तौल ४ केजी रहेको र स्वास्थ्य राम्रो रहेको उनले बताए । योसँगै लुम्बिनी प्रादेशिक अस्पतालमा २ जनाको गर्भवती महिलाको अप्रेशन भएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । (हेल्थ अावाज)