काठमाडौं – बिहीबार एकैदिन सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँले बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार भनै एकै पटक धेरै मूल्यले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ थियो ।