कर्णालीको कानुन मन्त्रालयका ६ जना कर्मचारीमा कोरोना देखियाे

कानुन मन्त्री लगाएत कर्मचारी होम आइसोलेसनमा

सुर्खेत –कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी, सवारी चालक र एक नेपाल प्रहरी गरी ६ जनामा कोरोना देखिएपछि मन्त्रालयका सेवा बन्द गरिएको हो । बाँकी कर्मचारीहरूको स्वाब लिएर रिपोर्ट आएपछि मात्रै मन्त्रालयको काम सुचारू गरिने मन्त्रालयका प्रवक्ता तुल खड्काले जानकारी दिए ।

मन्त्रालयका अत्यावश्यक कामबाहेक अन्य सेवाहरू बन्द गरिएको खड्काको भनाइ छ । मन्त्रालयमै कार्यरत कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द गर्दै कानुन मन्त्री नरेश भण्डारीलगायत अन्य कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।