‘हनी बनी’बाट बाहिरिए अनमोल र सारा

काठमाडौं – दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘हनी बनी’ बाट अभिनेता अनमोल केसी बाहिरिएका छन् । निर्माण सेडुल र उनको समय अनुकुल नमिल्दा उनी बाहिरिएका हुन् । निर्देशन भट्टराइले अनमोल सहमतिमै फिल्मबाट बाहिरिएको जानकारी दिए ।

‘अनमोलले चरित्रको विषयमा पनि आनाकानी गरे, समयको पनि कुरा आयो,’ निर्देशक भट्टराईल भने ‘फिल्मसँग असहमति भएपनि सहमतिमै बाहिरिएका हुन्’ अनमोल बाहिरिएपछि अव अर्को हिरो लिएर फिल्म निर्माण गर्ने भट्टराईले सुनाए ।

निर्देशक भट्टराइले अनमोलसँगै मुख्य अभिनेत्रीको रुपमा अनुबन्धित सारा सिर्पाली पनि नरहने जानकारी गराए । सारा भने लन्डनको भिसा नआएपछि बाहिरिने भएकी हुन् । फिल्म लन्डनमा खिचिने भएकोले उनी बाहिरिएकी हुन् । निर्देशक भट्टराईले अहिले फिल्मको नायिकाको लागि लन्डनमै रहेकी जसिता गुरुङसँग कुरा अगाडि बढाएका छन् ।

अनमोल र सारा बाहिरिए पनि आफूले पुरै टिम तयार गरिसकेको दिवाकरले सुनाए । ‘छिट्टै पुरै टिम सहित घोषणा गर्छु । त्यो दिन भोलि पनि हुनसक्छ’ दिवाकरले थपे । फिल्म लन्डनमा सुटिङ हुनेछ ।