काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले दर्ज्यानी चिह्न लगाएका छन् ।
सोमबार बिहान सिंहदरबारमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्रका महानिरीक्षक पुष्पराम केसीले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएसँगै सरकारले उनीहरूलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो।
आइतबारको आइतबारको मन्त्रिपरिषद बैठकले सिंह र अर्याललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो।