यसरी सबैको रोजाईमा पर्दै वीरेन्द्रनगरको सुर्योदय बोर्डिङ स्कुल !

सुर्खेत – वीरेन्द्रनगर १० मा अवस्थित सुर्योदय बोर्डिङ स्कुल पछिल्लो समय सबैको रोजाईमा पर्न थालेको छ । वीरेन्द्रनगरका निजी विद्यालयबिच शैक्षिक गुणस्तरमा कडा प्रतिस्पर्धा चलिरहेको बेला सुर्योदय बोर्डिङ स्कुल विद्यार्थी र अभिभावकको रोजाईमा पर्न थालेको हो ।

विश्व विद्यालय तथा क्याम्पसहरुमा समेत अध्यापन गराउँदै आएका ख्यातीप्राप्त तथा दक्ष शिक्षकहरुद्धारा अध्यापन र अब्बल व्यवस्थापकिय पक्षले सुर्योदय बोर्डिङ स्कुलप्रति सबैको आकर्षण बढेको छ ।

अन्य निजी स्कुलको तुलनामा निकै राम्रो विद्यालय व्यवस्थापकिय पक्षले सुर्योदय बोर्डिङ स्कुल विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको छ । २०६१ सालदेखि राजकुमार गुरुङको नेतृत्वमा रहेको यस विद्यालयले विद्यार्थी र अभिभावक मात्रै होइन शिक्षक कर्मचारीको पनि मन जित्न सफल भएको छ ।

एक पटक विद्यालय भर्ना भएका विद्यार्थी र अध्यापनका लागि नियुक्त भएका शिक्षकलाई उनीहरुकै इच्छा अनुसार लामो समय टिकाई राख्नु विद्यालयको सबल पक्ष हो । विद्यालयको थप स्तोरोउन्नतीका लागि दिर्गकालिन योजना सहित लगानी बढाईएको व्यवस्थापन समिति अध्यक्ष राजकुमार गुरुङले बताए ।

विद्यालयका निर्देशक दल बहादुर गुरुङका अनुसार हाल यस विद्यालयमा २२ जना बढीले कर्मचारीको रुपमा रोजगारी पाएका छन् । भने कक्षा १२ सम्म अध्यापन गराइन्छ । कक्षा ११ र १२ का लागि विज्ञान तथा व्यवस्थापन संकाय अध्यापन गराइन्छ । भने आगामी वर्षदेखि विद्यार्थीको माग अनुसार थप संकाय थप्ने योजना छ ।

हाल सुर्योदय बोर्डिङ स्कुलमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका ५ सय ५० जना बढी विद्यार्थी अध्ययनरत छन् । भने आगामी शैक्षिक शत्रका लागि जेठमा समापन हुने गरी नयाँ भर्ना समेत खुलेको छ । शुक्रबार भव्य कार्यक्रमकाबिच विद्यालयको बार्षिक उत्सव, अभिभावक दिवश तथा नतिजा प्रकाशन समारोह समापन गरियो । सो अवसरमा विद्यालयकी प्रधानाध्यापक सुनितारानी गुरुङले नयाँ भर्ना हुने विद्यार्थीहरुलाई विद्यालय परिवार स्वागत गर्न आतुर रहेको बताइन् ।

उनले भनिन्, ‘तपाँइहरुका अबोध बालबालिका हामीलाई दिनुहोस्, हामी दक्ष, योग्य र व्यवहारीक बनाएर पठाउनेछौं । जसले गर्दा भविष्यमा उनीहरु सजिलै बजारमा बिक्नेछन् ।’

उनका अनुसार विद्यालयमा भर्ना हुने एउटै परिवारका ३ जना बालबालिकामध्ये एउटालाई निशुल्क भर्ना गर्ने गरिएको छ । अतिरिक्त क्रियाकलापका साथ खेलकुद र मनोरञ्जनका क्रियाकलापलाई पनि विशेष जोड दिइन्छ ।

विज्ञान संकाय तथा अन्य प्रयोगात्मक प्रयोजनका लागि उत्कृष्ठ ल्याव सेवा, यातायातको सुविधा, स्वच्छ खानोपानी र होस्टेलको समेत सुविधा रहेको यस सुर्योदय बोर्डिङ स्कुलको भवन आफ्नै जग्गामा बनेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार गुरुङको पारिवारीक निजी लगानीमा स्कुल संचालित छ । यस स्कुलमा विद्यार्थीको पढाईको गुणस्तर बृद्धिलाई मध्यनजर गरी समुह विभाजनबाट एउटा कक्षामा २५ देखि ३० जनासम्म मात्रै विद्यार्थी राख्ने गरिएको छ ।