लखनउसँग पञ्जाब पराजित


काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टसले पञ्जाब किंग्सलाई पराजित गरेको छ।

गएराति पुनेमा भएको खेलमा लखनउले पञ्जाबलाई २० रनले पराजित गरेको हो। लखनउले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पञ्जाब पूरै ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रनमा समेटियो।

उसका लागि जोनी वरिस्टोले ३२, मायंक अग्रवालले २५ ऋषि धवनले नट आउट २१ रन बनाए । लखनउका मोसिन खानले ३ तथा दुशमान्था चमिरा र कुनाल पाण्डेले २–२ तथा विकेट लिए।

त्यस अघि ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो। उसका लागि क्वीन्टन डि ककले ४६ तथा डीपक हुडाले ३४ योगदान गरे। पञ्जाबका कागिसो रबाडा एक्लैले ४ विकेट लिँदा राहुल चाहरले २ विकेट लिए।

गए रातिको जितसँगै लखनउ ९ खेलबाट १२ अंकसहित तेस्रो स्थानमा छ। पञ्जाब ९ खेलबाट ८ अंकसहित सातौँ स्थानमा छ।