तातोपानी-४ को वडाध्यक्षमा न्यौपाने भिड्दै, यस्तो छ जिताउनैपर्ने कारण


जुम्ला – आसन्न स्थानीय तहको निर्वाचनमा तातोपानी गाउँपालिका-४ को वडाध्यक्षमा तिर्थराज न्यौपाने भिड्दै छन् । उनले नेपाली कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

एक कुशल क्षमतावान युवा नेता न्यौपाने वडाध्यक्षमा भिड्न चुनावी मैदानमा होमिएपछि तातोपानी ४ मा उहाँको चर्चा बढेको छ ।

तातोपानी ४ नम्बर वडावासीहरुको नजरमा समेत अन्य उम्मेदवारको तुलनामा तिर्थराज न्यौपपाने पर्न थालेका छन् । उनलाई चुनावमा जिताउन खुलेरै वा नखुलेरै पनि लाग्नेहरुको कमि छैन ।

युवा नेता न्यौपाने चुनावी मैदानमा उत्रिएपछि अन्य दलका उम्मेदवारहरु चुनाव हार्ने भन्दै मनोवल घटाउन थालेको भन्दै आफुले चुनाव जित्ने उनको दावी छ ।

रुख चिन्हमा मतदान गरी आफुलाई चुनाव जिताउन वडावासीलाई आग्रह गर्दै न्यौपानेले चुनाव जितेमा जनताको हितका लागि अरुभन्दा फरक काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् ।

जिताउनैपर्ने कारण, राजनितिक यात्रा र समाजसेवा

बुवा प्रल्हाद न्यौपाने र आमा देविकन्या न्यौपानेको कोखबाट २०४३ माघ १७ गते उनको जन्म भएको हो । २०५८ सालमा दुर्गा माध्यामिक विद्यालय लाम्राको नेविसंघ सभापती बनेका न्यौपाने २०६४ मा नेविसंघ जिल्ला कार्य समिति जुम्लाको सहसचिव भएर काम गरेको अनुभव छ ।

राजनितिक यात्रामा एकपछि अर्को फड्को मार्दै २०७१ मा नेपाल तरुणदल जिल्ला कार्य समिति जुम्लाको सहसचिव बने । युवा नेता न्यौपाने २०७८ मा नेपाली कांग्रेस प्रदेश सभा (क) क्षेत्रिय कार्यसमिति जुम्लाको सचिव बन्न सफल भए ।

यस्तै दुई कार्यकाल गैसस महासंघ जुम्लाको सहसचिवको भुमिकामा सामाजिक सेवा गरे । उनीसँग १० वर्षसम्म विभिन्न सामाजिक संस्थामा काम गरेको गतिलो अनुभव छ ।

शिक्षा संकायबाट मास्टर अध्ययन सकाउनुका साथै राजनितिक शास्त्रबाट मास्टर पढ्दै गरेका उनी केआरडिसी जुम्ला संस्थाको संस्थापक सचिव पनि हुन् । विभिन्न कालखण्डमा समाज रुपान्तरण तथा समाज सेवामा उल्येख्य काम गरेका उनी हाल समाज सेवामा निरन्तर लागि परेका छन् ।