एमाले उम्‍मेदवारले गरे, वीरेन्द्रनगरको मेयर र उपमेयरमा मनोनयन दर्ता

सुर्खेत – वैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

मेयरका उम्मेदवार मोहनमाया ढकाल र उपमेयरका उम्मेदवार नीलकण्ठ खनालले सोमबार मनोनयन दर्ता गरेका हुन् ।

उनीहरु एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए ।

ढकाल र खनालको उम्मेदवारी दर्ता गर्न नेकपा एमालेका पोलिट व्यूरो सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेल पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

मनोनयन गर्न जाने क्रममा मेयरका उम्मेदवार ढकालले पाँच वर्ष उपमेयर भएर चलाएकाले मेयर नगरको विकास र संमृद्धिका लागि काम गर्ने बताइन् । मनोनयन दर्तापछि उनले आफ्नो जित सुनिश्चित भएको दावीसमेत गरिन् ।