जुम्ला – नेपाली कांग्रेसले जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा अधिवक्ता पदम शाहीलाई मेयरको उम्मेदवार बनाउने भएको छ ।
उपमेयरमा रामदेवि खड्कालाई उम्मेदवार बनाएको हो । मेयर पदका उम्मेदवार शाही कानुन व्यवसायी हुन् । उनले लामो समयदेखि जुम्लामा कानुनी वकालत गर्दै आएका थिए ।
यस्तै उपमेयर पदका उम्मेदवार रामदेवि खड्का सफल व्यवसायी हुन् । लामो समयदेखि राजनीतिसँगसगै जुम्लामा व्यवसाय गर्दै आएकी थिइन् ।
पार्टी भर्खरै टिकट दिएकोले मनोनयन पत्र दर्ता गर्न जाने तयारी गर्दै गरेको मेयर पदका उम्मेदवार शाहीले बताए । कानुन व्यवसायी मेयर पदका उम्मेदवार शाही पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका मानिएका छन् भने उपमेयर खड्का काँग्रेस नेता रामचन्द्र पौडेल निकट हुन् ।
यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट मेयरमा कान्तिका सेजुवाल र उपमेयरमा माओवादी केन्द्रबाट अप्सरा न्यौपाने विजयी भएकी थिइन् । – karnalipostdaily.com