सुर्खेत – पछिल्लो २४ घण्टाभित्र कर्णालीमा ९५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार ३७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षण अनुसार ५८ जना नयाँ व्यक्तिमा कोरोना पृष्टी भएको हो ।

जसमा सुर्खेतका १७, जुम्लाका ३९, दैलेख ५, जाजरकोट २, कालिकोट २२, बाँके ४, बर्दिया १, बजांग १, कैलाली २, दांग १ र दार्चुलाका १ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ६ जना कोरोनाबाट निकाे भएपछि हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार १ सय २५ पुगेको छ प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले जनाएकाे छ।
योसँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या २ हजार ५ सय ५१ पुगेको छ । हालसम्म कर्णालीमा संक्रमण पुष्टी भएका मध्य ६ जनाको मृत्यु भईसकेको छ ।
हाल कर्णालीका विभिन्न आइसोलेसनमा रहेका सक्रिय कोरोना विरामीको संख्या ३ सय ३५ जना रहेको छ ।