आफुमाथि मोबाइल प्रहार गर्नेलाई ज्ञानेन्द्रले दिए माफी ! जुम्लामा भोट माग्दै अरु के-के भने ?

जुम्ला – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सुशासन विभागका अध्यक्ष ज्ञानेन्द्र शाहीमाथि मोवाइल प्रहार गरिएको छ ।

चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवाललगायत यहाँ स्थानीय तहका जनप्रतिनिधिले विकास निर्माण, शिक्षा स्वास्थ्य भन्दा अन्यमा बढी खर्च गरेको भन्दै विरोध गरेपछि उनीमाथि मोवाइल प्रहार गरिएको हो । राप्रपाले बुधबार आयोजनाको गरेको आमसभाको सम्बोधन गर्दै गर्दा उनीमाथि मोवाइल प्रहार गरिएको हो ।

आफुमाथि प्रहार गर्ने विरुद्ध कुनै कारवाही नगर्न प्रहरीलाई आग्रह गर्दै जुम्ली छोराले जुम्ली छोरोलाई नै प्रहार गरेको हो, माफी दिएको उनले बताए ।

यस अघिका निर्वाचनमा नेपाली काँग्रेसका नेता ललिजंग शाही, माओवादी केन्द्रका नेता नरेश भण्डारी, गजेन्द्रबहादुर महत, तत्कालिन एमाले नेता देविलाल थापालाई मतदान गरेर विजयी गरी काठमाडौँ पठाएका हौँ । उनले भने अव एक ज्ञानेन्द्र शाहीलाई मतदान गर्नुहोस । त्यसपछि कामका आधारमा मतदान गर्नु होला ।

पहिला जो जो नेतालाई मतदान गरी विजयी गराएऔँ । अहिले उहाँहरुकै घरमा गएर भोट माग्ने पनि उनले बताए ।

अवको लडाई भ्रष्टाचारी विरुद्ध

राष्ट्यि प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सुशासन विभागका अध्यक्ष ज्ञानेन्द्र शाहीले हाम्रो पार्टीको लडाई तथा प्रतिस्पर्धा कुनै पार्टीसँग नभएको बताए । उनले भने हाम्रो लडाई भ्रष्टाचारसँग हुन्छ । हाम्रा पार्टीका अध्यक्षले पनि पार्टीभित्रकै भष्ट व्यक्तिलाई पार्टी छोडेर जाउ भन्नु भएको छ । उनले भने हाम्रा उम्मेदवारलाई पनि भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु भनेर कसम खुवाउने छौँ ।

देश भ्रष्टाचारले थिलोथिलो भएकोले हामीले देशलाई बचाउनु छ । भ्रष्टाचार मुक्त देश बनाउनका लागि हामीले अभियान थालेका छौँ । यसमा हामीलाई आम नागरिक तथा जनताको सहयोग चाहिएकोले सवैलाई सहयोग गर्न अपिल पनि गरेका छौँ उनले भने । जनप्रतिनिधि र स्थानीय तहका कार्यकारी प्रुमखको सम्पत्ति सुद्धिकरण गर्नका लागि सम्वन्धित निकाय आउने छौँ । अक्तियार अनुसन्धान आयोगको ढोका ढक्ढकाउने छौँ । भ्रष्टाचार सतहमा देखिने गरेको छ । एक वर्ष कार्यकारी हुने तर सुर्खेत, नेपालगज्ज, काठमाडौँमा घर ठड्याउने गरेको देखिन्छ । उनीहरुको खाईपाई आएको तलव सुविधाले घर ठडिन्छन् त रु हामी सवैले बुझेका छौँ । स्थानीय तहले पुजीगत खर्च भन्दा पनि चालुगत खर्च बढी गरेको देखिन्छ ।

शिक्षा, स्वास्थ्य, विकास निर्माण सवै ठाउँमा भ्रष्टाचारको बेथिति बढेको छ । सर्वसाधरणका छोराछोरीले शिक्षा, स्वास्थ्य निशूल्क नपाएको उनले बताए । उनले हाम्रो घोषणापत्र जारी हुदै छ । शिक्षा र स्वास्थ्य निशुल्क गर्ने छौँ । हामीले चुनाव जितेको स्थानीय तहमा अहिलेकै बजेटमा रहेर मध्यम वर्गीय स्वास्थ्य निशुल्क गर्ने छौँ र १२ कक्षासम्म निशुल्क शिक्षा दिने छौँ । त्यसमा कुनै पनि शुल्क नलिने बताए ।

यस्तै कृषि उत्पादनमा पनि जोड दिने छौँ उनले भने यसका लागि हामी सदनमा पुगेको अवस्थामा भुमि सुधार ऐन कानुन परिमार्जन गर्ने छौँ । कृषकलाई खाली उत्पादनमा मात्रै जोड दिने छौँ र उत्पादिन सवै कृषि जन्यवस्तु स्थानीय सरकारले नै उचित मुल्यमा खरिद गरी बजारीकरण तथा विक्रीवितरण गर्ने छ ।

संघीय संरचनामा प्रदेश खारेज गरौँ

संघीयतामा संघ र स्थानीय तह आवश्क छ । उनले भने प्रदेश कुनै पनि काम छैन । प्रदेश तहले अनाआवश्यक बजेटको खर्च बढाएको छ । विदेशी रकम ऋण गरेर प्रदेश चलाउन आवश्यकता नहेको उनले बताए ।

राजासहितको जनताले चुनेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री यो देशमा हुनु पर्दछ । उनले भने अहिलेका राष्ट्पति धेरै खर्चीला छन् । पुर्व राष्ट्पतिलाई कति पाल्ने हो । अहिले पनि पूर्वराष्ट्पतिलाई बार्षिक ३ करोड खर्च गर्नु परेको छ । पाँच÷पाँच वर्षको अन्तरालमा कति पुर्वराष्टपति पाल्दै जाने यो निकै खर्चिलो व्यवस्था हाम्रो देश धार्न सक्दैन । जुम्लाको चुनावी सभालाई राप्रपाका केन्द्रीय सदस्य रमानन्द न्यौपाने, भीमबहादुर शाहीलगायत थुप्रै नेताले सम्बोधन गरेका थिए ।

– karnalipostdaily.com