अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिदै

काठमाडौं – अभिनेत्री केकी अधिकारी बिहीबार विवाह बन्धनमा बाँधिदै छिन्। उनले प्रेमी रोहित तिवारीसँग विवाह गर्न लागेकी हुन्।

पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा विवाह गर्न लागेको उनले बताएकी छिन्। उनले बुधबार मेहन्दी उत्सव गरेकी थिइन्।

रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। केकी र रोहित एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर प्रेम सम्बन्धलाई उनीहरूले सार्वजनिक गरेका थिएनन्।