प्रिमियर लिग : सिटी शीर्ष स्थानमा उक्लियो, चेल्सी पराजित


काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा ब्राइटनलाई ३–० ले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गरे। खेलको ५३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। ६५ औं मिनेटमा फोडेनले सिटीको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ८२ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३९० को सहज जित दिलाए।

जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेको छ। सिटी दोस्रो स्थानको लिभरपुल भन्दा १ अंकले अघि रहेको छ। ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा रहेको छ।

यस्तै गएराति नै भएको खेलमा चेल्सी आर्सनलसँग ४–२ गोल अन्तरले पराजित हुन पुग्यो। अन्य खेलमा न्यू क्यासलले क्रिस्टल प्यालेसलाई १–०ले पराजित गर्दा एभर्टन र लेस्टर सिटीले १–१ गोलको बराबरी खेले ।