कोरोना भाइरसका कारणले मृत्यु हुनेकाे संख्या बढ्दाे क्रममा

सुर्खेत – नेपालमा कोरोना भाइरसका कारणले मृत्यु हुने बढ्दाे क्रममा रहेकाे छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । एक जना चार वर्षीया बालिका र १० जना पुरुषको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

महोत्तरीमा चार वर्षीया बालिका र ३७ वर्षीय पुरूष, सिरहामा ६५, पर्सामा ५३, ८० र ६० वर्षीय, बारामा ६०, चितवनमा ५२, काठमाडाैंमा ३४ र ६०, मकवानपुरमा ५८ वर्षीय पुरुषको कोरोनाको कारणले निधन भएको हाे ।

यसरी मङ्गलबारसम्म भाइरसका कारणले मृत्यु हुनेको सङ्ख्या २३९ पुगेको छ । नेपालमा अहिले शून्य दशमलब ५९ प्रतिशतमा उक्लेकाे बताईएकाे छ ।