कर्णालीमा १४ जना सङ्क्रमितसहित थपिए

सुर्खेत – कर्णाली प्रदेशमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भयको छ । प्रदेश अस्पताल / पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको हो ।

तस्वीर सांकेतीक

सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेतका मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पुष्टि हुनेमा बिरेन्द्रनगर नगरपालिकाका १० जना र चौकुने गाउँपालिकाका १ जना रहेका छन। बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ का ३ जना,वडा नम्बर ४ का २ जना र वडा नम्बर २,६,८,१०,१२ का १/१ जना रहेका छन भने,चौकुने गाउँपालिकाका ७ का एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

जुम्लामा गरिएको परिक्षणमा जुम्लाकै २ जना र दैलेखमा गरिएको परिक्षणमा दैलेखकै १ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेश अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ७ सय ८५ जनाको कोरोना परिक्षण गरिएकोमा ७ सय ६३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ भने ,८ जना पुरानो केशको रिपोर्ट पुनः पोजेटिभ आएको छ ।
यो सङ्गै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको जम्मा संख्या २ हजार ४ सय ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना निको भइ डिस्चार्ज हुनेको संख्या ३३ रहेको छ । हाल सम्म कर्णाली प्रदेशमा कोरोना निको भइ डिस्चार्ज हुनेको संख्या २ हजार १ सय १९ पुगेको छ।

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भएको छ भने आइसोलेसनमा रहेका तथा रहने क्रममा रहेका कोभिड १९ का सक्रिय बिरामीको संख्या ३ सय ३१ रहेको छ।