कोरोना संक्रमणबाट केन्द्रीय कारागारका एक कैदीको मृत्यु

काठमाडौं – केन्द्रीय कारागार सुन्धारामा एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

केन्द्रीय कारागारमा रहेका ४० वर्षीय पुरुषको हिजो बेलुका मृत्यु भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले जानकारी दिए ।

उनी आफनो परिवारको ज्यान मारेको अभियोगमा जेल चलान भएका थिए । ललितपुरमा स्थित मेगा हस्पिटलमा उपचारको क्रममा हिजो बेलुका उनको मृत्यु भएको महानिर्देशक पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार भदौ १० गते कोरोना भाइरस संक्रमण परीक्षणका लागि उनको स्वाब संकलन गरेकोमा १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । (गोरखापत्र)