काठमाडौं – जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको वार्यन म्युनिखले फ्रिवर्गमाथि ४–१ को जित निकाल्दा दोस्रो स्थानको बौरुसिया डर्टमन्ड भने आरबि लेइपजिङसँग ४–१ ले पराजित भएको छ।
डर्डमुन्डको पराजयसँगै २८ खेलको समाप्तिमा वार्यनले ९ अंकको अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ। फ्रिवर्गको मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा भने सबै पाँच गोल संभव भएको थियो। वार्यनले लियोन गोरेट्काको ५८ औं मिनेटको गोलमा अग्रता बनाएको खेलमा निल पिटर्सनले ६३ औं मिनेटमा फ्रिवर्गका लागि बराबरी गोल फर्काएका थिए। तर ७३ औं मिनेटमा सर्गे जिनब्रीले वार्यनलाई पुन अग्रता दिलाएका थिए।
टीमलाई तेस्रो गोल किंग्सली कोमनले ८२ औं मिनेटमा संभव बनाए। चौंथो गोल इन्जुरी समयको छैटौं मिनेटमा मार्सेल सैवजरले संभव बनाए।
शनिबार नै भएको खेलमा डर्टमुन्ड भने चौंथो स्थानको लेइपजिङ सँग ४-१ को फराकिलो हार भोग्न बाध्य भयो। लेइपजिङका लागि लाइमिरले दुई गोल गर्दा अर्को एक गोल कुनुकु तथा ड्यानी ओलोमोले गरे। डर्टमन्डका लागि भने ८४ औं मिनेटमा मलेनले एक गोल फर्काएका थिए।