रुसविरोधी कार्यक्रम त्याग्न बाध्य पार्ने पुटिनको रणनीति, रुबलमा ग्यासको भुक्तानी

काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साताको सुरुमा गरेको घोषणा रुबलमा ग्यासको भुक्तानीले युरोपेली संघलाई उनीहरुको रुसविरोधी कार्यक्रम त्याग्न बाध्य बनाउने देखिएको छ । यदि उनीहरुले ग्यासको आपूर्ति भइराखोस् भन्ने चाहन्छन् भने यस किसिमको अवस्था आउने आर्थिक विज्ञहरुलाई उद्धृत गर्दै जर्मनीका देर स्पाइजलले लेखेको छ ।

डसेलफोर्ड अर्थशास्त्री जेन्स सुडेकुमका अनुसार ग्यास आपूर्तिको भुक्तानी गर्न युरोपले रुसको केन्द्रीय बैंकबाट रुबल किन्नुपर्नेछ । जसलाई यस महिनाको सुरुमा ईयूको प्रतिबन्धहरुको सूचीमा राखिएको थियो । यस नीतिले रुसी वित्तीय नियामक र ईयूबीच कुनै पनि वित्तीय लेनदेन निषेध गर्छ ।

‘पुटिनले अप्रत्यक्ष रुपमा हाम्रो आफ्नै प्रतिबन्धलाई पन्छाउन खोजिरहेका छन्,’ सुडेकुमले बताए । अर्का विज्ञ क्लाउज जर्गेन गर्नले ईयूका लागि रुसी ग्यासको महत्वका कारण यो प्रस्तावित नीतिले पश्चिमा विश्वका लागि व्यापक दबाव पर्ने देखिएको छ । उनीहरुको प्रतिबन्ध रोक्नका लागि प्रभावकारी हुनेछ ।

यदि यो परिवर्तन पारित भएमा यसले रुसको राष्ट्रिय मुद्रालाई बलियो बनाउने मुद्रा विशेषज्ञ बोफिन्जरले बताएका छन् । ‘यदि पश्चिमा ग्यास उपभोक्ताहरुले डलर र युरोबाट रुबल किन्नु पर्ने अवस्था आएमा रुबलको विनिमयदर पनि बलियो हुन्छ,’ उनले बताए ।

हाल पनि कार्यान्वयनकै अवस्थामा रहेको ग्यास भुक्तानीका लागि रुबलमा जानुपर्ने भएमा परिवर्तनको घोषणाले मात्रै पनि रुसको आयातकर्ताहरुलाई गम्भीर रुपमा अलमलमा पार्न सक्ने छ र रुबल यो साता ३ साताकै उच्च विन्दुमा पुग्ने छ । सर्वाधिक खराब अवस्थामा रुसले आफ्नो ग्यासका पाइपहरू रोक्न सक्छ । यसको विकल्प तत्कालै प्राप्त हुन सक्दैन ।