कीर्तिपुरको थिएटर मलमा नियमित ‘शिरीषको फूल’

काठमाडौं – कीर्तिपुरस्थित थिएटर मलको नाटक घरमा अहिले ‘शिरीषको फूल’ मञ्चन भइरहेकोछ । साहित्यकार पारिजातको सुप्रसिद्ध उपन्यासमा आधारित नाटकको परिकल्पना केदार श्रेष्ठ तथा निर्देशन अञ्जान प्रदीपको रहेको हो ।

गत २७ फागुनबाट सुरु भएको नाटक १२ चैत्रसम्म नियमित मञ्चन हुनेछ । ‘चौथो आयाम’ समूहले नाटकीकरण गरेको नाटकमा समृद्धि नेपाल, संजय विश्वकर्मा, हाङ ओ राई, सविना गोपाली लगायत कलाकारको अभिनय देख्न सकिन्छ । ४५ वर्षसम्म अविवाहित सुयोगवीरको महिलाप्रतिको दृष्टिकोण र २४ वर्षे सकमबरीको आत्मसम्मान, स्वच्छन्दताका साथै स्वतन्त्रताको दर्शनबीचको अन्तद्र्धोन्दको कथा नाटकको मुख्य विषयवस्तु हो । नाटक हरेक दिन दिउँसो ४ः ३० र शनिबार २ बजेपनि मञ्चन हुनेछ ।

शिरीषको फूल साहित्यकार पारिजातद्वारा रचना गरिएको चर्चित उपन्यास हो । यो उपन्यास २०२२ सालमा प्रकाशन भएको थियो । वि।सं २०२२ सालको मदन पुरस्कार प्राप्त गरेपछि पुस्तक संसारले २०२४ सालमा र साझा प्रकाशनले २०३८ सालमा पुनः प्रकाशित गरेको थियो । शिरीषको फूल अंग्रेजी ‘द ब्लु मिमोसा’का रुपमा अनुवाद भएर अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश छ ।