काठमाडौं – स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। टर्किस क्लब गालाटासारेलाई उसकै मैदानमा २-१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो। यसअघि नउक्याम्पमा भएको पहिलो लेगमा भने बार्सिलोना गोलरहित बराबरीमा रोकिएको थियो।
युरोपा लिग अन्तर्गत प्रि(क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टोलीले सुरुवाती अग्रता लिएपनि बार्सिलोनाले पुनरागमन जित निकालेको थियो। गालाटासेरका लागि डो नासिमेन्टोले २८ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै गोन्जालो लोपेजले ३७ औ मिनेटमा बार्सिलोनाका लाग बराबरी गोल फर्काउँदै पहिलो हाफमा १(१ गोलको अवस्थामा टीमलाई ल्याए।
टीमका लागि निर्णायक गोल भने आर्सनलका पिएरे इमरिक औबमेयाङले गरेका थिए। उनले बार्सिलोनामा ७ औं गोल पुरा गरिसकेका छन्। उनले ४९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। ३२ वर्षिय औबमेयाङ गत फेब्रुअरीमा फ्रि(ट्रान्सफरमा बार्सिलोना आएका थिए। त्यसयता उनले टीमका लागि सनसनिपुर्ण प्रदर्शन गर्दै आएका छन्।जाभिको टोली बार्सिलोना च्याम्पियन्स लिगको समुहचरणमा तेस्रो भएर युरोपा लिगमा धकेलिएको थियो। उक्त समुहबाट वार्यन र बेनिफिका अर्को चरणमा पुगेका थिए।
यसअघि युरोपा लिगको पहिलो लेगको बार्सिलोना गोलरहित बराबरीमा रोकिएको थियो। त्यस्तै अन्य खेलमा वेस्टह्यामसँग सेभिल्ला समग्रमा २-१ ले पराजित हुँदै बाहिरियो। त्यस्तै लियोन, स्पोर्टिङ ब्रगा, एटलान्टा र रेन्जर्सले अन्तिम आठमा स्थान बनाए।