काठमाडौं – साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आज मंगलबारबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ ।
यू–१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग बेलुका सवा ७ बजे खेल्ने छ ।
नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । यस्तै, भारत पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा चैत ३ गते बंगलादेशसँग खेल्ने छ । यस्तै, नेपालले फेरि भारतसँग चैत ७ गते र बंगलादेशसँग चैत ९ गते खेल्ने छ । अंक तालिकाको शीर्ष टोलीले उपाधि जित्ने छ ।