हुथी विद्रोहीको हिंसामा ६ बालबालिका मारिए

यमनमा गएको २४ घन्टा यतामात्र यहाँका हुथी विद्रोहीको हिंसामा कम्तिमा पनि ६ जना बालबालिका मारिएका छन्।

चिनियाँ समाचार समिति सिन्ह्वाले दिएको जानकारीअनुसार हुथीले यमनका विभिन्न भागमा गरेका हिंसात्मक आक्रमणमा गएका २४ घन्टामा नै कैयौँ यमनीको ज्यान गएको छ।

यमनको सुरक्षा निकायले पछिल्ला केही सातायता हुथीले हिंसात्मक गतिविधिलाई बढावा दिएको पनि बताएका छन्। यमनको दक्षिणी क्षेत्रमा पर्ने ताइज र साना प्रान्तमा ती बालबालिका मारिएका र सो क्षेत्रमा हुथीले अन्धाधुन्द सर्वसाधारणमाथि नै हमला गरेका बताइएको छ।