प्रचण्ड सुर्खेत आएकै दिन नेकपा माओवादी केन्द्रका सांसद विष्टले गरे पार्टी परित्याग

सुर्खेत –  नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने सांसद ठम्मर विष्टले पार्टी र सांसद पद छोडेको घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र संसदीय दल कर्णाली प्रदेश सभाका प्रमुख सचेतक समेत रहेका विष्टले सांसद र पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । प्रचण्ड सुर्खेत आएकै दिन आज उनले सांसद र पार्टी परित्याग गरेको जनाएका छन् ।

सदस्य बिष्टले माओवादी पार्टी विधि पद्धतीअनुसार नचलेको र चोरीको अभियोग लागेका गैह्र सांसदलाई मन्त्री बनाउने जस्ता गतिविधि केन्द्रीय नेतृत्वले गरेकाले पार्टी त्यागेको बताएका छन् । एमसीसी पास गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयले अमेरिकी साम्राज्यवादको पृष्ठपोषण गरेको उनको आरोप छ ।