मृगौला स्वस्थ राख्ने  ९ टिप्स

विश्व मृगौला दिवस आज नेपालमा पनि बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइदै छ । मृगौला रोगबारे आममानिसलाई सचेत गराउनका लागि विश्व मिर्गौला दिवस मनाउन थालिएको हो। विश्व मिर्गौला दिवस मार्चको दोस्रो बिहीबार मनाइन्छ। आज देशभर नै मृगौला दिवसको दिन विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै छ ।

उक्त दिवसको उद्देश्य मानिसलाई शरीरको यस महत्त्वपूर्ण अंगको बारेमा सचेत र जागरुक गराउनु हो। सन्तुलित दिनचर्याबाट मिर्गौला रोगबाट बच्न सकिन्छ । हाम्रो शरीरमा उत्पादन हुने विषलाई बाहिर निकालेर रगत सफा गर्ने काम मिर्गौलाले गर्ने गर्छ। वर्तमान समयमा रक्तचाप र मधुमेह रोग बढ्दै गएको छ । यसले मिर्गौलामा पनि समस्या निम्त्याएको छ । मृगौलामा समस्या भएमा शरीरका अन्य अंगहरूले पनि राम्ररी काम गर्दैनन् ।

मृगौला रोगको लक्षण

पिसाबमा रगत देखा पर्नु,

बारम्बार पिसाब आउनु र पोल्नु,

खुट्टा र आँखा सुन्निने,

चाँडै थकान महसुस हुनु,

अनियन्त्रित रक्तचाप,

र, पिसाबको मात्रा घट्नु ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेका अनुसार मृगौला स्वस्थ राख्न सकिने उपाय यस्ता छन् :

 नियमित व्ययाम गर्ने,

एक दिनमा कम्तिमा १० हजार पाइला हिड्ने,

दिनमा २ देखि ३ लिटर पिसाब हुने गरी झोल पदार्थ पिउने,

सुर्ती, खैनी, चुरोट तथा अल्कोहल सेवन नगर्ने,

दुखाइ कम गर्ने औषधी सकेसम्म प्रयोग नगर्ने,

उचाइ अनुसार तौल कायम राख्ने,

स्वस्थकर खाना खाने,

मधुमेहका बिरामीले समय-समयमा मा स्वास्थ्य परीक्षण गराउने,

र, कमसेकम वर्षमा एकपटक रगतमा क्रियाटीनिन र पिसाबमा प्रोटिनको परीक्षण गराउने।