थप ११२ जनामा कोभिड पुष्टि

 काठमाडौं – नेपालमा थप ११२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ११२ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ४२९ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड(१९ संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । बिहिबार सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ४० रहेको छ ।