युक्रेनमा रुसी सेनाले प्रहार गरेको बम अस्पतालमा खस्दा कम्तिमा १७ जना घाइते

काठमाडौं – युक्रेनको दक्षिणी सहर मारियोपोलको एक अस्पतालमा रुसी सेनाले प्रहार गरेको बम खस्दा कम्तिमा १७ जना घाइते भएका छन् ।

बम प्रहारबाट अस्पतालको प्रसुती र बालबालिका वार्डमा ब्यापक क्षति पुर्‍याएको जनाइएको छ ।

अस्पताल भवन नजिकै खसेको बमले जमिनमा निकै ठूलो खाडल समेत बनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अस्पतालमा समेत बम प्रहार गरेर मानवता विरुद्धको अपराध गरेको बताउनु भएको छ ।

उता, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले अस्पतालमा भएको बम प्रहारलाई मानवता सम्बन्धी नियमको उल्लंघन भन्नुभएको छ ।

बालबालिका र नवजात शिशुहरुको भविश्य समेत समाप्त पार्ने जस्ता विवेकहीन आक्रमण तत्काल रोक्न पनि उहाँले आग्रह गर्नुभएको छ ।