पलविरुद्ध गैँडाकोटमा परेको उजुरीमा के गर्दै छ प्रहरी ?

काठमाडौं – एक नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहमाथि प्रहरी अनुसन्धान जारी छ । पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र गैँडाकोटमा जबर्जस्ती करणी ९बलात्कार० गरेको भन्दै जाहेरी दर्ता भएको छ ।

प्रहरीले पलविरुद्ध अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद लिइएको छ । प्रहरीका अनुसार म्याद थपिने सम्भावना बढी छ । उनलाई तनहुँ प्रहरीकै हिरासतमा राखिएको छ । उनको मुद्दा प्रक्रिया समेत तनहँुबाटै अगाडि बढ्नेछ ।

पलले आफूलाई मादकपदार्थ सेवन गराई गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा अर्को जाहेरी दर्ता भएको छ ।

जाहेरीपछि प्रहरीले पलविरुद्धका प्रमाण संकलन गर्ने, घटनाका बारेमा बुझ्ने काम गरिरहेको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए ।

उनले भने, “पललाई अनुसन्धानका लागि गैँडाकोट पनि ल्याइनेछ । एकै घटनामा दुई उजुरी भएकाले म्याद थपलगायत काम तनहुँबाटै हुनेछ । उजुरीपछि हामीले प्रमाण संकलन, घटनामा जोडिएका अन्य व्यक्तिहरूसँग बुझ्ने काम गरिरहेका छौँ ।”

पललाई गैँडाकोट लगिए पनि मुद्दा प्रक्रिया भने तनहुँबाटै अगाडि बढ्नेछ ।