काठमाडौं – चेल्सी र लिभरपुल एफए कपको क्वार्टरफाइनल प्रवेश गरेका छन्।
च्याम्पियनसिप क्लब लुटन टाउनलाई ३-२ ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान बनाएको हो। चेल्सीविरुद्व लुटनले दोस्रो मिनेटमानै रेसी बर्करको गोलमार्फत खेलमा अग्रता लिएको थियो।
तर लुटनलाई १४ औ मिनेटमानै झट्का लाग्यो। गोलरक्षक जेड स्टीर घाइते भएर मैदानबाट बाहिरिएका थिए। लगतै चेल्सीले २७ औं मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि सउल निगुएजले गोल गरेका थिए। तर पुन लुटनले ४० औ मिनेटमा अग्रता लियो। ह्यारि कर्नीकले लुटनलाई अग्रता दिलाएसँगै पहिलो हाफमा लुटनले २-१ ले अघि रह्यो।
तर दोस्रो हाफमा चेल्सी पुन खेलमा फर्कियो। ६८औं मिनेटमा टीमो वेरनरले रुवेत लोट्सको लामो पासलाई सदुपयोग गर्दै खेल २-२ को बराबरीमा ल्याए टीमका लागि निर्णायक गोल भने रोमेलु लुकाकुले ७८ औं मिनेटमा गरे। उनले वेर्नकै पासलाई सदुपयो गर्दै चेल्सीको संकट टारेका थिए।
यसै गरि गएराति नै भएको अर्को खेलमा लिभरपुलले र्विच सिटीलाई २–१ गोल अन्तरले हराउँदै लिभरपुल अन्तिम आठमा पुगेको हो।
लिभरपुललाई जित दिलाउन ताकुमी मिनामिनोले दुई गोल गरे। नर्विचका लुकास रुपले एक गोल फर्काए। साउथह्याम्पटन पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ। साउथह्याम्पटनले वेस्ट ह्याम युनाईटेडलाई ३–१ गोल अन्तरले हरायो।