सुर्खेत – कर्णाली प्रदेश सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार रातीदेखि अनिश्चतकालका लागि निषेधाज्ञा लागु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक सूचना जारी गर्दै वीरेन्द्रनगरमा जारी कफ्र्यू आदेश हटाएर अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा तोकेको हो ।
सामान्य नागरिकको सहजताका लागि कफ्र्यू आदेश हटाएर निषेधाज्ञा लागु गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
निषेधाज्ञा अवधिभर सुरक्षाका दृष्टिले संवेदनशिल देखिएका वीरेन्द्रनगर नगरपालिका बजार क्षेत्र स्थित ऐरिचोक, मंगलगडीचोक, हटिया लाइन क्षेत्रभित्र सभा, जुलुस प्रर्दशन गर्न नपाइने भएको छ । निषेधित क्षेत्रमा पाँच जना भन्दा बढी जम्मा हुन नपाइने भएको छ ।
संघीय संसदबाट एमसीसी पारित भएपछि उक्त बिषयलाई लिएर वीरेन्द्रनगरमा उत्तेजित भिडभाड, तोडफोड, आगजनी लगाएतका विरोध प्रर्दशन भइरेका छन् ।