सुर्खेत – पछिल्लो २४ घण्टाभित्र कर्णालीमा २६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २२ र चाैजहारी प्रयोगशाला रुकुममा गरिएको पीसीआर परीक्षणमा ४ जना गरी थप २६ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टी भएको हो ।
थपिएका २६ संक्रमित मध्ये ८ जना दैलेखका, सल्यानका ६, रुकुमपश्चिम र अछाम ४/४ जना, हुम्ला, बर्दिया, काठमाडाै र राैतहडका १/१ जनामा कोरोना संक्रमण पृष्टी भएको हाे । हालसम्म कर्णालीमा कुल कोरोना संक्रमितको संख्या २४ सय २ पुगेको छ । यसका साथै पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । याेसगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ७१ पुगेको प्रदेश स्वास्थ्य सेवा महासाखाले जनाएकाे छ ।
कर्णालीमा संक्रमण पुष्टी भएका मध्य ६ जनाको मृत्यु भईसकेको छ । हाल कर्णालीका विभिन्न आइसोलेसनमा रहेका सक्रिय कोरोना विरामीको संख्या ३ सय १० रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाले जनाएको छ ।