सुर्खेत – सुर्खेतमा विभिन्न पार्टीका बन्दकर्ताहरुले कार्यालयहरुमा तोडफोड र आगजनी गरेपछि कर्फ्यु आदेश जारी भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।
कर्फ्यु अहिले राति सवा ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि आदेश जारी भएको हो ।
आदेश जारी भएसँगै प्रहरीले अहिले माइकिङ सुरु गरेको छ ।
यसअघि सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा बन्दकर्ताले आगजनी र तोडफेड गरेका थिए ।
एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका हुन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।