काठमाडौं – नायक पल शाहले आफू निर्दोष रहेको बताएका छन् । प्रहरी समक्ष उपस्थित हुनु अगाडि उनले सामाजिक सञ्जालमा भिडियोमार्फत आफू निर्दोष भएको दाबी गरेका हुन् ।
सुरुदेखि नै आफूलाई फसाउने षड्यन्त्र भएको पनि उनले दोहोर्याएका छन् । यद्यपि, आफूले प्रहरी, प्रशासन र अदालतलाई सघाउने बताएका छन् ।
यसैबीच, उनले प्रहरी र अदालतसँग एकपटक आफूलाई दर्शकसँग बसेर चलचित्र हेर्न अवसर प्रदान गरिदिन आग्रह गरेका छन् । आफ्नो चलचित्र म यस्तो गीत गाउँछु–२ हलमा प्रदर्शन भइरहेको भन्दै उनले उक्त चलचित्र दर्शकसँग बसेर हेर्ने चाहना रहेको र उक्त अवसर प्रदान गरिदिन उनले अनुरोध गरेका हुन् ।