बार्सिलोना युरोपा लिगको प्रि-क्वाटरफाइनलमा


काठमाडौं – स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहिबार राति भएको दोस्रो लेगमा इटालियन क्लब नापोलीलाई ४-२ ले पराजित गर्दै समग्रमा ५-३ को जित निकाल्दै बार्सिलोनाले प्रि(क्वाटरफाइनल स्थान बनाएको हो।

बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको थियो। तर उत्कृष्ट तेस्रो भएका कारण युरोपा लिगका लागि मौका पाएको थियो। जहाँ उसले नापोलीसँग प्रतिस्पर्धाको समीकरण बनेको थियो।

बार्सिलोनाका लागि जोडि अल्बाले ८ औ मिनेटमा पहिलो गोल गर्दै टिमालाई अग्रता दिलाएका थिए। सुरुवातमानै अग्रता दोब्बर बनाउने क्रममा फ्र्यान्कि डि जोङले १३ औ मनेटमा टिमको अग्रता दोब्बर बनाए। बार्सिलोनाविरुद्ध खेलमा आशा कायमै राख्ने क्रममा नापोलीका लोर्नेजो इन्सिंग्नीले पेनल्टीमार्फत खेल २(१ को अवस्थामा ल्याए।

तर पहिलो हाफमा नै खेलमा पकड कायम गर्ने क्रममा तेस्रो गोल जेराड पिकेको नाममा रह्यो। पहिलो हाफमा ३-१ को अग्रता बनाएको बार्सिलोनाका लागि चौंथो गोल पिएरा एमरिक औबमेयाङको नाममा रह्यो। मटेओ पोलीसानोले अन्तिम समयमा गोल फर्काए पनि त्यसले टिमको हार टार्न सकेन्।

खेलअघि दुबै टिमले ुस्टोप वारु लेखिएको ब्यानर देखाएका थिए। बुधबारदेखि रसियाले युक्रेनमा आक्रमण सुरु गरेपछि खेलाडीहरुले युद्द रोक्न आग्रहसहित ब्यानर प्रदर्शन गरेका हुन्।